मुख्यमन्त्रीको राजीनामा माग्दै कर्णाली प्रदेश सभा बाहिर प्रदर्शन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा माग्दै प्रदेश सभा बाहिर प्रदर्शन गरिएको छ ।

नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गर्न खोजेपछि केहिबेर प्रदेश सभाअघि तनाव समेत भएको थियो । कर्णाली समृद्धिका पिलर मानिने तीनवटा विधेयक प्रदेश सभामा पारित हुनुपर्ने माग राख्दै ‘विधेयक सरोकार समाज’ कर्णालीले मुख्यमन्त्री शाहीको राजीनामा मागेको हो ।

पूर्वमन्त्री भण्डारीले प्रदेश सभामा दर्ता गराएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयकलाई पारित गरिनुपर्ने उनिहरुको माग छ । सरकार आफैंले २०७७ कात्तिक २५ गते ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । यो सदनमा टेबुल भएर छलफलका लागि सामाजिक विकास समिति पठाइएको छ ।

२०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक, २०७८’ दुवै गैर–सरकारी विधेयक हुन् ।

प्रदेश सभामा पारितको अन्तिम चरणमा रहेका यी तीनवटा विधेयक संशोधनका लागि भन्दै सरकारले फिर्ता लिन खोजेपछि भण्डारीले विधेयक सरोकार समाज नै बनाएर आन्दोलन थालेका हुन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?