लुम्बिनी मेडिकल कलेजमा अब स्वास्थ्य बिमाबाट उपचार नहुने

पाल्पा । जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाबाट बिरामीको उपचार नहुने भएको छ। कलेजका प्राचार्य डाक्टर राजु शाक्यले गत मंगलबार राति १२ बजेदेखि यो सेवा बन्द गरेको बताए।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट सञ्चालित कार्यक्रम अन्तर्गत बिमा गरेका बिरामीलाई कलेजले २०७३ साल भदौ १ देखि सेवा दिँदै आएको थियो।  कलेजले प्रथमविन्दु र रेफरल सेन्टरको रूपमा उपचार सेवा प्रदान गरेको थियो।

नेपाल सरकारको २०७९\०८० को बजेट वक्तव्यमार्फत यही साउन १ गते देखि सरकारी तथा सामुदायिक प्रदायक संस्थाबाट मात्रै बिमाबाट उपचार सेवा उपलब्ध गराउने भनेको छ। सरकारले निजी अस्पताललाई बिमाबाट उपचार सेवा प्रदान गर्न रोक लगाएको छ। सोही अनुरूप कलेजले ‘रेफरल’ स्वास्थ्य संस्थाको रूपमा उपलब्ध गराउँदै आएको बहिरंग, अन्तरंग, आकस्मिक अन्तर्गत सम्पूर्ण स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको शाक्यले बताए।

‘सरकारको निर्णयबाट सेवा उपलब्ध गराउन नसकिएकोमा सम्पूर्ण स्वास्थ्य बिमित तथा सरोकारवालासँग कलेज दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ। सरकारले निजी स्वास्थ्य संस्थाबाट पनि बिमित बिरामीको उपचार गर्न निर्देशन दिएमा फेरि सेवा सुरु बताइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?