नवौँ राष्ट्रिय खेलकुदका लागि १२ उपसमितिको संयोजक र सचिव तोकिए

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका १४ उपसमितिमध्ये १२ वटा उपसमितिको संयोजक र सचिव तोकिएका छन् ।

गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि कार्यकारी समितिले १२ उपसमितिको संयोजक र सचिव तोकेको हो । समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको र बाँकी दुई वटाको छिट्टै तोकिने बताएका छन् ।

समारोह उपसमितिको संयोजकमा एकेन्द्र कुँवर, सचिवमा शारिङ्गन निरौला, प्रविधिक उपसमितिको संयोजकमा हिमालराज दाहाल, सचिवमा प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राजेश गुरुङ, सचिवमा कृष्णप्रसाद तिमल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा चन्द्रकुमार राई रहेका छन् ।

त्यस्तै, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा, सचिवमा नारायणराज अर्याल, स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा, सचिवमा डा. ज्ञानेद्र विक्रम शाह, यातायात व्यवस्था उपसमितिको संयोजकमा प्रकाश कुसारी, सचिवमा देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट, सचिवमा खुसराज दाहाल, खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमितिको संयोजकमा अन्जन धमला, सचिवमा सुजन खतिवडा, स्रोत परिचालन उपसमितिको संयोजकमा सूर्य भण्डारी, सचिवमा सरोज कुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा जनक बर्तौला, सचिवमा लिलाराम बस्नेत र एन्डीडोपिङ उपसमितिको संयोजकमा नमिसमान प्रधान, सचिवमा दोब्रे तामाङ रहेका छन् ।

सुरक्षा प्रबन्ध उपसमिति र अनुसन्धान उपसमितिको संयोजक र सचिव तोकिएको छैन । नवौँ राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टोलीले ३६ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?