आयरल्यान्डसँगको टी–२० श्रृङ्खलामा न्युजिल्यान्डका ब्रेसवेलले लिए करिअरको पहिलो ओभरमै ह्याट्रिक

न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डसँगको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ८८ रनले हरायो ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अलआउट भयो । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले आफ्नो टी–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक विकेट लिएका छन् । उनले १४औँ ओभरमा ह्याट्रिक विकेट लिएका हुन् ।

१४औँ ओभरको तेस्रो बलमा मार्क आदिर, चौथो बलमा ब्यारी म्याकार्थी र पाँचौँ बलमा क्रेग योँग आउट भए । ब्रेसवेल न्युजिल्यान्डबाट टी–२० मा ह्याट्रिक गर्ने ज्याकोब ओरम र टिम साउथीपछि तेस्रो बलर हुन् ।

उनले आयरल्यान्डसँगको पहिलो टी–२० मा डेब्यु गरेका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रवार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?