फिल्म स्क्यान्डलले होइन, कन्टेन्टले चल्छ : प्रदीप

अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ ।

‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको नाममा रोएर भन्दा हाँसेर फिल्म चलाउनुपर्ने धारणा प्रदीलेको रहेको छ ।

मंगलवार फिल्म ‘प्रकाश’ को एक कार्यक्रममा अभिनेता प्रदीप कलाकारले दर्शकका अगाडि दुःख पोखेपछि साथ र सहयोग गर्ने नेपालीहरुको स्वभाव नै रहेको बताउँदै सान्त्वना बटुल्न रुनु गलत भएको बताए । ‘हामी नेपाली इमोसनली बढी छौं । हामी सबैलाई माया गर्छौं । त्यो इमोसनको दुरुपयोग गर्नुुहुँदैन,’ उनले थपे ।
फिल्म ‘प्रेमगीत’ बाट स्टार भएका प्रदीपको प्रकाश फिल्म रिलिजको संघारमा छ । दिनेश राउतको निर्देशन रहेको ‘प्रकाश’ प्रदीपले विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको भुमिका निर्वाह गरेका छन् ।

 १० भाद्रमा रिलिज हुने फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
‘प्रकाश’ पछि उनको फिल्म ‘प्रेम गीत ३’ रिलिज हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?