घटनास्थलमा मारेको लामखुट्टेका कारण चोर पक्राउ

चीनको एउटा अपार्टमेन्टमा केही समय अघि चोरी भएको थियो । घटनामा कसको संलग्नता थियो भन्ने बारे लामो अनुसन्धानपश्चात् पनि प्रहरीले केही थाहा पाउन सकिरहेको थिएन तर घटनास्थलमा एउटा यस्तो ‘क्लू’ भेटियो जसका कारण प्रहरी दोषीसम्म पुग्न सफल भयो ।

भारतीय टिभी सिरिज सिआइडीको कथा जस्तो देखिने यो घटना निकै रोचक छ । चिनियाँ समाचार स्रोत फज्हाउका अनुसार चीनको फुजियान प्रान्तमा अवस्थित एक अपार्टमेन्टमा चोरी गर्ने व्यक्तिलाई घटनास्थलमा मारिएको लामखुट्टेको अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । लामखुट्टे मार्दा अपार्टमेन्टको भित्तामा रगत लत्पित्तिएको थियो, त्यहि रगत परीक्षण गरेपछि प्रहरी चोरसम्म पुग्न सफल भएको हो । घटनास्थलको अनुसन्धान गर्दा प्रहरीले के पत्ता लगाए भने ती चोर अपार्टमेन्टको निकै अग्लो पर्खाल चढेर बाल्कोनी हुँदै अपार्टमेन्ट भित्र पुगेका थिए । त्यहाँ उनले रात कटाएको हुनसक्ने अनुमान प्रहरीले गरे । अपार्टमेन्टको भित्तामा लामखुट्टे मारिएको देखेपछि प्रहरीले उक्त रगतको डिएनए परीक्षण गर्ने निधो गरे ।

ग्लोबल टाइम्सकाअनुसार अनुसन्धाताले त्यहाँको किचनमा चाउचाउ र अण्डा पकाएको देखे, दराजबाट ब्ल्याङ्केट र सिरानी निकालेर बेडमा राखिएको पनि देखे, त्यहाँ धुप पनि बालिएको थियो । यी सबै कुराले के पुष्टि गर्यो भने उक्त अपार्टमेन्टमा जोसुकै पुगे, त्यहाँ केही समय त बिताए । त्यसैले पनि मरेको लामखुट्टेबाट निस्किएको रगत अनुसन्धान गर्दा केही न केही ‘क्लू’ निस्किने प्रहरीले अनुमान गरे ।

डीएनए परीक्षणपश्चात् के थाहा भयो भने उक्त रगत ‘चाय’ थर भएका एक व्यक्तिको रहेछ । उनको आपराधिक सूची निकै लामो भएको पनि पत्ता लाग्यो । चोरी गरेको १९ दिनपछि चायलाई सोधपुछ गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएको । उनीमाथि अन्य तीनवटा चोरीको घटनामा पनि सोधपुछ गरिँदैछ ।    उनलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?