पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
तानसेन तम्घास सडक खण्डको लघुवामा बाग्लुङ्गगबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नंम्बरको बस दुर्घटनामा परेको हो । बसमा करिब २२ जना सवार रहेको बताईएको छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जनाको उद्धार गरि उद्धार गरि उपचारको लागि तानसेन पठाईएको छ । मृत्यु हुने ६ मध्ये तीन पुरुष र तीन महिला गरेका छन ।
बस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।












