अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले स्थानीय सेवाको पाँचौ तह सरहको रोजगार सहायक पदको दरखास्त आह्वान गरेको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका १८ बर्ष देखी ४५ बर्षका नेपाली नागरिकले सो विज्ञापनका लागि आवेदन दिन सक्नेछन्, जसको लागि कम्प्युटरमा ३ महिने तालिमको प्रमाणपत्र समेत अनिवार्य गरिएको छ । बिज्ञापनमा २०७९।०४।०९ देखी २०७९।०४।२३ सम्म गाउँपालिका कार्यालयमा गई दरखास्त दिन सकिनेछ ।
हेर्नुस दरखास्त आह्वानको सूचना












