अर्घाखाँचीमा बढ्दै सम्बन्ध बिच्छेदका मुद्दा

अर्घाखाँची । अर्घाखाँचीको जिल्ला अदालतले आर्थिक वर्ष २०७८।७९ को बार्षिक लक्ष्य र प्रगतिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

जम्मा मुद्दा ४ सय ७४ मा ३ सय ४८ मुद्दा फछयोँट भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेष्ठदार महेश खनालले जानकारी दिए । लक्ष्यको तुलनामा १ सय ६५ थान मुद्दा बढी फछ्र्याैट भएका हुन् । फछ्र्याैट हुन बाकी रहेका १सय २६ थान मुद्धामध्ये अधिकाश ६ महिनाभित्र मात्रै दर्ता भएका हुन् ।

अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्धाहरुमा सम्बन्ध बिच्छेदका मुद्धा सबै भन्दा बढी रहेका छन् । एक वर्षको अबधिमा २ सय ६ थान बिच्छेदका मुद्धा परेका छन् । त्यसपछि अशं र लेनदेनका मुद्दा बढी परेका छन् । अशंतर्फ ४४ थान र लेनदेनतर्फ २६ थान मुद्दा रहेका छन् ।

सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको कारण अपरिपक्क विवाह ,पारिवारिक असन्तुलन ,वैदेशिक रोजगार , महिला शशक्तिकरणको कमी लगायत रहेका छन् ।


कार्यक्रममा जिल्ला न्यायधिस बासुदेब न्यौपाने , बारका जिल्ला अध्यक्ष बिजय क्षेत्री , लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा पत्रकार , कानुन ब्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन श्रेष्ठेदार महेश खनालको संचालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?