उपमेयर चौधरीकै घरमा महिला हिंसा, बुहारीले दिईन् श्रीमान् बिरुद्ध उजुरी

रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् । बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए ।

रोकाका अनुसार मोहन थारुले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।

वर्षाले भनिन्, ‘श्रीमानले मलाई दिनहुँ यातना दिएपछि मैले उजुरी दिएकी हुँ, आइतबार पनि मलाई कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा आएर शरण लिएकी छु । ’एक छोराकी आमा वर्षा थारूले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले निकै हेला गर्ने गरेको गुनासो उनले गरिन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको बताए । घटनाको थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

यहाँका महिला अधिकारकर्मीहरूले जनप्रतिनिधिकै घरमा महिला हिंसाका घटना हुनु दुखद् भएको टिप्पणी गरेका छन् । यसबारे प्रतिक्रिया लिन खोज्दा उपप्रमुख चौधरी भने सम्पर्कमा आउन चाहिनन् । उपप्रमुख जागेश्वरीदेवि चौधरी विगतका दुवै स्थानीय तहको निर्वाचनबाट उपप्रमुखमा विजयी भएकी एमाले नेतृ हुन् । स्थानीय तह उपप्रमुख पालिकास्तरको न्यायिक समिति संयोजक पनि हुन्छ जसले पालिकाभरि हुने यस्ता झैझगडा सम्बन्धी उजुरीको छिनोफानो गर्ने दायित्व बोकेको हुन्छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?