१३ सय लायन्सहरु रुपन्देहीमा जुट्दै

बुटवल, साउन । ‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्यावीनेट पद स्थापना कार्यक्रम रुपन्देहीमा हुने भएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि को पहिलो पदस्थापना कार्यक्रम रुपन्देहीमा हुन लागेको हो ।

यहि साउन २० गते शुक्रबार मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा आयोजना हुने उक्त कार्यक्रमलाई भव्य रुपमा प्रस्तुत गर्नको लागि तयारी समेत तिब्र पारिएको छ ।
लायन्स एरिया नम्बर ३ र नम्बर ४ को आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा एरिया चिफ एम एल पाण्डेले डिष्ट्रीक घोषणा भएको ४५ दिन भित्र क्याविनेट पदस्थपना तथा फष्ट क्याविनेट मिटिङ्ग गर्नुपर्ने लायन्स अन्तराष्ट्रिय नियम अनुसार कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

कार्यक्रम भव्य बनाउनको लागि एरिया ३ का एरिया ३ का चिफ माधव खनाल तथा एरिया ४ का एमएल पाण्डे द्वय कार्यक्रम संयोजकको जिम्मेबारी तोकीएको छ । उनका अनुसार कार्यक्रममा सहभागीताका लागि श्रीलंकाबाट अन्तराष्ट्रिय डाईरेक्टर महेश पास्कवाल आउने जनाईएको छ ।

यस्तै कार्यक्रममा सभागीताको लागि पाष्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, लायन्स नेताहरु बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, मल्टीपल चियर पर्सन केशव पाण्डे समेतको उपस्थिति रहने छ । डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, सहितका लायन्सका प्रथम भाईस ड्रिष्टक गर्भनर अर्जुनमान शैजु, द्धििितय भाईस डिष्ट्रिक गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्ग, तथा पुर्व गर्भनरहरु हरुण प्रताप राणा, शुनिल ओझा, अनुप पाहरी, महेन्द्र नारायण श्रेष्ठ समेत सहभागीता हुने छ ।
यस्तै क्याविनेट सेक्रेटरी सन्दीप कसौधन तथा क्याविनेट ट्रेजर विनोद खरेलले कार्यक्रमकोतयारी भव्य बताएका छन् ।

लायन्स एरिया ४ का एरिया चिफ माधव खनालका अनुसार कार्यक्रममा विभिन्न १२ वटा स्टल समेत राखिने छ । श्रीलंकाबाट समेत लायन्सहरुको सहभागीता हुने भएकोले नेपाली ढाका कपडाको स्टल सहित नेपाली सस्कृती झल्कीने विभिन्न मठ– मन्दिरहरुको समेत प्रर्दशन गरिने छ । नेपाली मौलीक नाच, नेवारी कला सस्कृती सहितको नाँच लगायत नेपाली मौलीक परम्परा, पहिचान झल्कीने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेका एरिया ४ चिफ माधव खनालले जानकारी दिए ।

३२५ पि अन्र्तगत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६ सय ७ जना सदस्य रहेका डिष्ट्रकबाट कार्यक्रममा १ हजार २ सय जना लायन्सहरु थप १ सय जना अन्य गरी करिव १३ सय भन्दा बढिको सहभागीता हुने अपेक्षा गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?