अमेरिकामा स्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितको संख्या बढेपछि अमेरिकामा स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो।

विभागका तर्फबाट बिहीबार गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको दिन प्रतिदिन संक्रमण बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ।

अमेरिकामा बिहीबारसम्ममा ६ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको थियो। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा फैलँदो मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा नै २५ प्रतिशत संक्रमण देखिएको छ।

विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ। अहिले पनि विश्वका कतिपय देशमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन्।

अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइमा यसका सङ्क्रमितको संख्या धेरै छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?