जापान पुगे प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदीले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टोकियो पुगेका छन्। नेपाल एयरलायन्सको विमानबाट शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेका उनी शनिबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले उनलाई स्वागत गरे। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा गएका उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल सेरोमनी’को उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। हिरोसिमा घटना भएको ७५ वर्ष पुग्दैछ।

प्रचण्डले आइतबार नै टोकियोमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन्।

जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?