काठमाण्डौसहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि पानी पर्ने

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा यतिबेला घाम लागेको छ । तर अहिले घाम लागे पनि दिउँसो पछि पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । आज दिउँसो काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो  वर्षाको अनुमान छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो  पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार केही दिन लगातार झरी पर्ने सम्भावना भने छैन । तर प्रि-मनसुनको जस्तै केही ठाउँमा एक्कासी ठूलो वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।

वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?