वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाडामा महिला कृषकहरुकालागि सञ्चालन गरिएको वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कृषि विकासको लागि अन्तराष्ट्रिय कोष (IFAD) को अनुदान सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक लिमिटेड सन्धिखर्क शाखाद्धारा सञ्चालन भएको वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता तालिमको एक कार्यक्रमका बिच समापन गरिएको हो ।

सन्धिखर्क ८ किमडाडामा रहेको समुन्नती महिला कृषि बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सदस्यहरुलाई लक्षित गरीे वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम सञ्चालन भएको थियो ।तालिममा बचत, कर्जा, कर्जा ब्यबस्थापन, जोखिम ब्यबस्थापन, वीमा, विप्रेषण, उद्यम , उद्यमशिलता, व्यबसायीक खेती, बजार तथा बजारीकरण संगै कृषि विकास बैंकबाट प्रबाह हुने वित्तिय सेवाको बारेमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । साथै सहभागीहरुलाई कृषि विकास वैंक मार्फत सञ्चालित किसान परियोजनाको किसान क्रेडिट कार्ड, तथा किसान मोवाइल एपको प्रयोगका बारेमा पनि जानकारी प्रदान गरिएको वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रमका फिल्ड सुपरभाइजर नारायण खनालले बताए ।

तालिमले कृषक बर्गमा आफ्नो वित्तीय स्रोतको सही परिचालन र सदुपयोग गर्न, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गरी आर्थिक समृद्धि हासिल गर्न सहयोग पुराएको तालिमका सहभागीले बताएका छन् ।

तीन चरणमा गरी महिला सहकारीका ७५ जना सदस्यहरुलाई प्रदान गरिएको तालिम कार्यक्रमकोे समापन समारोहमा मन्तब्य राख्दै वडा अध्यक्ष हुम प्रसाद बन्जाडेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

सहकारीका अध्यक्ष मिना खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि विकास वैैंक सन्धिखर्क शाखाका प्रबन्धक दुर्गा प्रसाद खनाल, वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रमका फिल्ड सुपरभाइजर नारायण खनाल, सहजकर्ता कमला पोख्रेल, सहकारीका प्रबन्धक विन्दु भुसाल, विष्णु आचार्य लगायतले मन्तब्य राखेका थिए ।

 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?