फ्लाेअप : मुक्ति आधारभूत विद्यालयकाे शिक्षक नियुक्तिमा शिक्षा शाखा प्रमुख नै उदासीन

कमल प्रभात,
सन्धिखर्क । अर्घाखाँचीकाे मालारानी गाउँपालीका– ४, खन (फलारपानी) स्थित श्री मुक्ति आधारभूत विद्यालयकाे शिक्षक नियुक्ति प्रकरणमा शिक्षा शाखा प्रमुख नै उदासीन बनेका छन्।

शिशु कक्षामा पढाउने बालविकास कार्यकर्ताकाे लागि करिब १० महिनाअघि विज्ञापन खाेलिए पनि विद्यालय राजनीतिकरणकाे भुमरीमा परेर अहिलेसम्म परीक्षा हुन सकेकाे छैन। तर, त्यसतर्फ भने गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश पन्थी उदासीन बनेका छन्।

गाउँपालिका भित्रका सबै विद्यालय सम्बन्धी काम, कर्तव्य र अधिकार पाएका शिक्षा शाखा प्रमुख पन्थी नै माैन बस्दा समस्या झनै जटिल बन्न पुगेकाे हाे। उक्त विद्यालयमा गत मंसिरमा विज्ञापन खाेलिएकाे र अहिलेसम्म पनि परीक्षा सञ्चालन नहुँदासम्म पन्थीले समयमै परीक्षा सञ्चालनकाे लागि कुनै औपचारिक दबाब दिएका छैनन्। उनी एउटा पत्रसमेत पठाउन नसकेर बालबालिकाकाे भविष्यमाथि भइरहेकाे खेलवाडकाे मुखदर्शक बनेका छन्।

बरू, शिक्षक नियुक्ति प्रक्रियालाई सहज बनाउन विद्यालयका प्रधानाध्यापक काशिराम रिजाल ६ पटकसम्म कार्यालयमै पुगेर अनुराेध गर्दा पनि उनी माैन बसेका छन्, कुनै ‘एक्सन’ लिन सकेका छैनन्। उनले विद्यालयलाई तत्काल परीक्षा गर्न निर्देशन दिएर असारमै पत्र पठाएकाे बताए पनि दुई महिनासम्म पनि पत्र विद्यालयमा पुगेकाे छैन।

‘हाेइन्, हामीले परीक्षा गर्न भनेर असारमै पत्र पठाएका हाैँ, पत्र पुगेन हाेला,’ पन्थीले टेलिफाेन कुराकानीमा भने। तर, विद्यालय स्राेतले अहिलेसम्म कुनै पत्र नआएकाे बताएकाे छ।

यसरी आफ्नाे कार्य क्षेत्रभित्र पर्ने कामप्रति कर्माचारी उदासीन बन्दा समस्या त उत्पन्न हुन्छ नै कर्मचारीकाे कार्य कुशलतामाथि नै प्रश्न उठ्छ। उनले पठाएकाे पत्र दुई महिनासम्म नपुग्ने भन्ने नै हुँदैन। बरू, उनीमाथि नै आशंका गर्न सकिन्छ।

त्यसैगरी एक हप्ताअघि बिएल नेपाली सेवासँगकाे काराकानीमा विद्यालयले परीक्षा सञ्चालन नगरेकाले सबै अनुदान राेकिदिएकाे बताएका पन्थीले अहिलेसम्म पनि विद्यालयलाई जानकारी गराएका छैनन्, भने औपचारिक पत्र पनि काटेका छैनन्। ‘अहिले काम गर्न नपाएकाेले अनुदान राेकेकाे भनेर पत्र त पठाएका छैनाैँ, म पनि अलिकति व्यस्त छु, छिट्टै गर्छाैँ,’ पन्थीले भने।

यसअघि साउन ४ गतेकाे टेलिफाेन कुराकानीमा पनि उनले १५ दिनभित्र परीक्षा नगराए अनुदान राेक्ने बताएका थिए। तर, उनी बाेल्छन मात्रै काम गर्दैनन्। यसरी अनुदान नै राेकिदिने भन्ने त अन्तिम विकल्प हाे तर परीक्षा सञ्चालनकाे लागि उनले न निर्देशन दिन सक्छन न त सहजीकरण नै गर्न सक्छन्। यस्ताे हुनुकाे मुख्य कारण उनी नेताहरूकाे दबाबमा पर्नु भएकाे बुझिएकाे छ।

उक्त विद्यालयमा मंसिरमा खुलेकाे विज्ञापनकाे लागि १६ जनाले आवेदन दिएका थिए तर अहिलेसम्म पनि परीक्षा सञ्चालन भएकाे छैन। नेताहरूकाे दबाबका कारण परीक्षा सञ्चालन हुन नसकेकाे हाे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?