अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेट : आयरल्यान्ड विजयी

अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेट पनि आयरल्यान्डले जितेको छ । गएराति भएको खेलमा आयरल्यान्ड ५ विकेटले विजयी भएको हो ।

जितका लागि अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर  १ सय २५ रन जोड्दै भेट्टायो ।

आयरल्यान्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन जोडे । यस्तै, लार्कन टकिरले २७, जर्ज डकरेलले २५ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए भने मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एक/एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हशमातुल्लाह शहिदीले ३६, इब्राहिम जार्दनले १७ र अजमुताल्लाह ओमरजाइले ११ रन जोडे । आयरल्यान्डका जोश लिटल, मार्क एदैर, करटिस् क्याफर र ग्रेथ डिलानेले २–२ विकेट लिए । पहिलो खेलमा पनि आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । यी दुईबीचको तेस्रो खेल आज हुँदैछ ।

५ खेलको टी–२० शृङ्खला खेल्न अफगानिस्तान आयरल्यान्डको भ्रमणमा रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?