चर्चित साहित्यकार रुस्दीमाथि न्युयोर्कमा आक्रमण

विश्वप्रसिद्ध साहित्यकार सलमान रुस्दीमाथि आक्रमण भएको छ।

अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा रुस्दीमाथि छुरा प्रहार भएको हो। उनको घाँटी र पेटमा छुरा लागेको न्युयोर्क प्रहरीलाई उद्धृत गरी एपीले जनाएको छ।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। भेन्टिलेटरमा उपचार चलिरहेका उनको बोल्न नसक्ने अवस्था रहेको बताइएको छ।

प्रहरीले आक्रमणकारी २४ वर्षीय हादी माटरलाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। आक्रमणको कारण स्पष्ट नभएको राज्यका प्रहरी मेजर युजिन स्टानिस्जेस्कीले बताए।

भारतमा जन्मिएका रुस्दी सन् १९८१ मा प्रकाशित ‘मिडनाइट चिल्ड्रेन’ कृतिबाट चर्चित भएका थिए। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत भएका थिए।

पुस्तक छापिएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रूहोल्लाह खोमिनीले रूस्दीको हत्या गर्न आह्वान गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?