अर्घाखाँची । नेकपा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यकर्ता प्रशीक्षणका लागि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभाका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ अर्घाखाँची आउने भएका छन् ।
नेकपा एमाले अर्घाखाँचीले साउन ३० गते सदरमुकाम सन्धिखर्कमा संचालन गर्ने वृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा हभागि हुन नेम्वाङ अर्घाखाँची आउन लागेका हुन् ।
कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पार्टी पोलिट व्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय कमिटी सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल, बोमवहादुर बि.क., चेतनारायण आचार्य लगायतका नेताहरूको उपस्थित रहने जनाईएको छ ।
एमालेले जिल्लामा खटिएका पार्टी केन्द्रीय कमिटीका सदस्य ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य ,प्रदेश कमिटीका सदस्य ,प्रदेश सल्लाहकार परिषद्का सदस्य ,केन्द्रीय विभागका सदस्य ,प्रदेश विभागका सदस्य ,जिल्ला कमिटी,प्रदेश सम्पर्क कमिटी ,अर्घाखाँची (काठमाडौ सम्पर्क मञ्च ,जिल्ला लेखापरीक्षण कमिटी ,जिल्ला सल्लाहकार परिषद ,जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च,प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी ,विशेष ईलाका कमिटी,पार्टी वडा कमिटीका पदाधिकारी ,सबै जनसंगठनका केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्य , जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्ष ,पार्टी वाट निर्वाचित जिल्ला समन्वय समिति ,नगर तथा गाउँ पालिकाका मेयर ,उपमेयर,अध्यक्ष ,उपाध्यक्ष , वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई प्रशिक्षण दिदै छ ।












