भिम विश्वकर्मा,
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले कानुन भन्दा बाहिर रहेर काम गर्ने लाई कुनै बहानामा नछोड्ने बताएका छन् ।
अर्घाखाँची जिल्लामा नया प्रमुखको रुपमा आएका रिजालले सोमबार पत्रकारहरु संग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले जिल्लामा हुने सबै खाले अपराधलाइ नियन्त्रण गर्न सबैले साथ दिनु पर्ने भन्दै समाजमा शान्ती सुरक्षा कायम गर्न, विभिन्न आप्राधिक गतिविधी कम गर्न, हिंसाजन्य घटना कम गर्न दिनरात नभनी नागरिकको सेवामा लाग्ने बताए ।
साथै रिजालले प्रहरी र पत्रकार बिच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले आगामी दिनमा सुचना आदान प्रदानमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले दिएका सुझाव तथा जिज्ञासाको जवाफ दिदै अर्घाखाँची जिल्लामा अन्य जिल्लाको तुलानामा त्यति धेरै अशान्ती नभएपनि शान्त जिल्ला निर्माणका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उनले बताए ।












