लैङ्गिक हिंसा न्युनिकरणका लागि सरोकारवाला विच जिल्ला प्रहरी कार्यालयमा अन्तरक्रिया कार्यक्रम

सरिता भुसाल
अर्घाखाँची । लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्था सरोकारवाला निकाय सँग जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

जिल्लामा समस्याको रुपको रहेको आत्महत्या,वालविवाह,यौन दुव्यहार,लैङ्गिकताको आधारमा गरिने विभेद कम गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा महिला जनप्रतिनिधि,महिला सञ्जालका प्रतिनिधी,सञ्चारकर्मी,सघसस्थाका महिला प्रतिनिधीहरुले समस्या समाधानको लागि आफनो ठाउँबाट पुर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

अर्घाखाँचीमा रहेका समस्याकाबारे चासो राखी न्युनिकरणका लागि विशेश पहल गरेकोमा जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद दिदै वर्दीवाला प्रहरी र बर्दी विनाका प्रहरीहरुको सहकार्यमा अर्घाखाँचीलाई सुन्दर जिल्ला बनाउने पर्नेमा जोड दिएका थिए ।

नगर उपप्रमुख मिश्रा आचार्य सन्धिखर्क नगरका हरेका सकारात्मक विषयमा सधै जिल्ला प्रहरी कार्यालयसंग सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल जिल्लामा आफु भर्खर आएपनि जिल्लाको समस्या बारे जानकार रहेको उल्लेख गदै समाधान गर्न आफुले कुनै कदम बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्नुभयो । कानुन विपरित गर्ने जोकोहिले आफुले नछाडने रिजालको भनाई रहेको थियो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?