सन्धिखर्क ४ भदौ । गायक तथा संगीतकार ऋषि खड्का पछिल्लो समय गीत संगीतमा चम्किएका छन् । उनले गाएका र संगीत दिएका दर्जनौ गीत हिट भएका छन् ।
लोकदोहोरी होस या आधुनिक गीत दुबैमा अब्बल क्षमता छ । जुन, संख्यात्मक हिसाबले कम छन् । ‘दाँते ओखर’यो भाका खड्काको सिर्जना हो । जुन अहिले लाइभ दोहोरीमा बढी गाइन्छ । ‘मन परेको भेना’लाई पनि उत्तिकै मन पराएको छ ।
उनले गाएका दर्जनौं गीत हिट छन् । ‘अधुरो प्रेम’, ‘मेरो माया तिमीलाई अर्पण गरेको छु’, ‘ए नि बरै’, ‘राजारानी’, ‘सुन सबैले सुन’, ‘मायालु’, ‘फक्रिएको फूल’, ‘तिम्रो रूपैले मच्चायो धमाका’, ‘जहाजै चढेर’, ‘कुन मन्दिरमा धाउँ’, ‘पिपलुमा जल चढाउँ है’, ‘ती तिम्रा नजर रसाए’लगायतका गीतलाई दर्शक श्रोताले मन पराएका छन् ।प्युठानको माण्डवी गाउँपालिका—५ मा जन्मेका उनी २०६८ सालदेखि औपचारिक रूपमा संगीत क्षेत्रमा होमिएका हुन् । उनको बजारमा सार्वजनिक भएको पहिलो गीत ‘मेरो मुटु, मेरो धड्कन’ हो । सो गीतमा महिला गायनमा विष्णु माझीको स्वर रेकर्ड गराए ।
गायक तथा संगीतकार खड्का आधुनिक संगीतमा पनि उत्तिकै प्रखर मानिन्छन् । ‘कस्तो भाग्य’बोलको गीतबाट आधुनिक विधामा होमिएका उनी सफल मानिए । ‘ए जिन्दगी’, ‘पत्थरको मुटु’, ‘मायाको भिख’, ‘झुटो माया’, ‘कञ्चन’जस्ता गीतले दर्शक श्रोताको माया पाएका छन् ।
संगीतकार खड्काले १२ वर्षको अवधिमा केही अवार्डहरू पनि हात पारेका छन् । उनले १२औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, नेसनल एपिक म्युजिक अवार्ड, नेसनल फेस्टिबल म्युजिक अवार्ड र एपिक नेपाल म्युजिक अवार्ड जितेका छन् ।
गीत संगीतमा चम्किएका : ऋषि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
लेखकको बारेमा
प्रेमनारायण आचार्य
विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्












