अर्घाखाँची । नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अबसर परेर पाणिनी गाँउपालिकामा तिज गित प्रतियोगिता हुने भएको छ ।
पाणिनी गाँउपालिकाको आयोजना र पाणिनी पर्यटन समाजको संयोजनमा यहि भाद्र १० गते दुर्गाफाटमा हुने भएको हो ।
गित “महिला अधिकार र उत्थान”, “तीज पर्वको संस्कृति र महत्व”, “समृद्ध पाणिनी निर्माणको अभियान” र “महिला हिंसा विरुद्धको अभियान” बिषयमा हुनुपर्ने पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार पांच सय, द्वितीय पुरस्कार १० हजार ५ सय, तृतीय पुरस्कार ७ हजार ५ सय र सान्त्वना पुरस्कार ५ हजार ५ सय संगै प्रमाण पत्र र सिल्डको ब्यबस्था गरिएको छ ।
सहभागी टिमले वडाको सिफारिस अनिवार्य लिनु पर्ने छ भने एक वडा बाट एउटा मात्र समुह हुनु पर्ने छ ।












