अर्घाखाँची । नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अबसर परेर पाणिनी गाँउपालिका वडा नं. ६ मा तिज गित प्रतियोगिता हुने भएको छ ।
पाणिनी गाँउपालिका वडा नं. ६ को सिद्धेश्वर बहुउद्देश्यीय सहकारिसंस्थाको आयोजनामा यहि भाद्र ९ गते दुर्गाफाटमा हुने भएको हो ।
गित “महिला अधिकार र उत्थान”, “तीज पर्वको संस्कृति र महत्व”, “समृद्ध वडा निर्माणको अभियान” र “महिला हिंसा विरुद्धको अभियान” बिषयमा हुनुपर्ने सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार पांच सय, द्वितीय पुरस्कार ३ हजार ३ सय, तृतीय पुरस्कार २ हजार २ सय र सान्त्वना पुरस्कार प्रमाण पत्रको ब्यबस्था गरिएको छ ।
प्रतियोगिता जडा नं. ६ का साबिकका वडाहरुको बिचमा हुने छ ।












