पाणिनी गाउँपालिकाले ल्याउनै सकेन बजेट

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा अर्थिक बर्ष २०७९/८० को बजेट पास हुन सकेको छैन ।

असार मसान्त भित्र पास भएर श्रावण १ देखि कार्यन्वयनमा आउनु पर्ने बजेट अहिले सम्म पनि पास हुन सकेको छैन् । कार्यपालिका बैठक भित्र आ–आफ्नै अडानका कारण बजेट पास हुन ढिला भएको हो ।

गाउँपालिकाका ८ वटा वडाहरुमा ६५ लाख बराबरको सिलिङ पठाएको भए पनि सबै वडाका वडाअध्यक्षहरुले सो सिलिङ अनुसारको बिवरण उपलब्ध नगराउँदा बजेट पास हुन नसकेको पालिका प्रमुख टेकराज न्यौपानेको भनाई छ ।

यता अध्यक्षले समन्वयकारी भुमिका निर्वाह नगरेको कारण निति तथा कार्यक्रम पेश भए पनि बजेट भने पास हुन नसकेको पाणिनी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रकान्त पौडेलले बताउँछन् । “अध्यक्षले एक तर्फ झुकाव राख्नु भो त्यसैले सहमति हुन सकेन” पौडेलले भने ।

बजेट पास नहुदा के हुन्छ ?

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले १० असारमा बजेट ल्याउनु पर्छ । यो बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्छ । १ साउनबाट बजेट कार्यान्वयन शुरु हुन्छ । बजेट पास नगरी स्थानीय तहहरुले बजेट खर्च गर्न पाउँदैनन् ।

तर, बजेट पास नभएको अवस्थामा वा ल्याउन नसकेको अवस्थामा अनिवार्य दायित्वमा मात्र खर्च गर्ने गरी कार्यपालिकाले बजेट चलाउन सक्छ । त्यसरी खर्च गरेको बजेट पनि अन्ततः व्यवस्थापिकाबाट भने पास गराउनै पर्छ ।

यसरी बजेट ल्याउन नसक्दा स्थानीय सरकारको प्राथमिकता अनुसार विकास निर्माण र पूँजीगत काम अगाडि बढ्न सक्दैनन् । तलव भत्ता मात्र खाएर स्थानीय सरकार संचालन हुन्छ ।

स्थानीय सरकारहरु स्वायत्त भएका कारण बजेट समयमै नल्याउने स्थानीय सरकारलाई केन्द्रले कानूनी रुपमा कारवाही भने गर्न सक्दैन । यो अवस्थामा स्थानीय सरकारबाट कार्यान्वयन हुने कार्यक्रमहरु भने प्रभावित हुने गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?