अर्घाखाँची । अर्घाखाँचीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको पुर्ण प्रभाव परेको छ ।
बन्दकका कारण जिल्लामा लामो तथा छोटो दुरीका यातायतका साधनहरु संचालनमा आएका छैनन् । भने बजार पूर्ण रुपमा नखुलेको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै अर्घाखाँचीका सामुदायीक बिधालयमा संचालन भईरहेको प्रथम त्रैमासिक परिक्षा अन्तर्गत आजको परिक्षा विविध कारण देखाउदै स्थगित गरीएको छ । शैक्षिक बिकास तथा अनुसन्धान परिषद, अर्घाखाँचीले हिजो (सोमबार) एक सूचना मार्फत परिक्षा स्थगित गरिएको जनाएको थियो ।
यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।














