अर्घाखाँची । नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अबसर पारेर पाणिनी गाँउपालिकामा खुल्ला तिज गित प्रतियोगिता हुने भएको छ ।
पाणिनी पर्यटन समाज र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि को आयोजनामा यहि भाद्र १० गते दुर्गाफाटमा खुल्ला तिजगित प्रतियोगिता हुने भएको हो ।
यस अघि पाणिनी गाउँपालिकाले आयोजना गर्ने भनिएकोमा गाउँपालिका आयोजक बाट हटे पछि सोही मितिमा पाणिनी पर्यटन समाज र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि आयोजक बनेर कार्यक्रम बन्ने छन् ।
गित “महिला अधिकार र उत्थान”, “तीज पर्वको संस्कृति र महत्व”, “समृद्ध पाणिनी निर्माणको अभियान” र “महिला हिंसा विरुद्धको अभियान” बिषयमा हुनुपर्ने पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 













