अर्घाखाँची । पाणिनी गाउँपालिकामा बिगत लामो समय देखि एम्बुलेन्स संचालनमा नआउदा यो बिषयले राम्रै चर्चा पाएको छ ।
नयाँ ड्राइभर राख्ने कि पुरानैले काम चलाउने भन्ने बारे कार्यपालिका बैठकमा सहमति नहुदा एम्बुलेन्स चल्न सकेका छैनन् ।
यसै सन्दर्भमा पाणिनी गाउँपालिकाका अ. सव ईन्जिनियर उमानाथ पौडेलले ड्राइभरले पाउने एक महिनाको तलब आफुले ब्याक्तिगत रुपमा प्रदान गर्ने भताउदै एम्बुलेन्सहरु संचालनमा ल्याउन पाणिनी गाउँपालिकालाई अनुरोध गरेका छन् । यो एक महिना कार्यपालिकाले एम्बुलेन्सको बिषयमा पोछी कुनै बिबाद नहुने गरि सहमती गरोस्, तर अहिले जनताले दुख पाउनु भएन भन्ने उनको आसय छ ।
समाजिक संजाल फेसबुकमा स्ताटस मार्फत पौडेल पौडेल लेख्छन् :
सहयोग गरेको सम्बन्ध मा
पाणिनी गा पा को एम्बुलेन्स सन्चालन एक महिना को लागि पुरानो ड्राइभर राख्ने भन्ने बिषय ले बाधा भयको हो भने
अध्यक्ष ज्यु, बिगतमा पालिकाले उक्त ड्राइभरलाई भुक्तानी गर्ने तलब बापतको रकम मैले ब्यक्तिगत हिसाब ले पालिका लाई सहयोग गर्नेछु ।
एम्बुलेन्स सन्चालन भोलि देखि पालिका को रेखदेख मा एक महिना एम्बुलेन्स सन्चालन ल्याउनु हुन अनुरोध छ ।
उक्त एक महिना सम्म कार्यपालिका ले व्यापक छलफल गरोस
उक्त रकम मेरो तलब बाट भुक्तानी हुने छ ।












