अर्घाखाँची । पाणिनी पर्यटन समाज र ओम इन्टरटेण्टमेण्ट प्रा.लि द्वारा संयुक्त आयोजना गरिएको खुल्ला तिजगित प्रतियोगिता दुर्गाफाँटमा संपन्न भएको छ ।
प्रतियोगितामा ९ समूह बिच प्रतिस्पर्धा भएको थियो । जसमध्ये उत्प्रेरणा आमा समूह पाली प्रथम भएको छ ।
यस्तै सृजनशिल स्वास्थ्य आमा समूह द्वितीय, पाणिनी पर्यटन समाजको टिम तृतिय र रातपानी राम मन्दिर आमा समूह पटौटी सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले१० हजार प्रमाण पत्र र सिल्ड द्वितीय हुने समुहले ८ हजार प्रमाण पत्र र सिल्ड
तृतीय हुने समुहले ६ हजार प्रमाण पत्र र सिल्ड र सान्त्वना हुने समुहले ५ हजार प्रमाण पत्र र सिल्ड प्राप्त गरेका छन ।












