पाठ्यपुस्तक समयमा पुर्‍याउने मेरो प्रमुख दायित्व हुनेछ : प्रमुख श्रेष्ठ

विनोद गैरे,
बुटवल । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेशिक कार्यालय बुटवलका नव नियुक्त कार्यालय प्रमुख राम विनय श्रेष्ठले लुम्विनी प्रदेशका जिल्लाहरुमा सरल, सहज र पारदर्सी रुपमा पाठ्यपुस्तक उपलव्ध गराउने आफ्नो पहिलो दायित्व रहेको बताएका छन् ।

श्रेष्ठले आफुले यस शाखामा रहँदा सम्म विवाद रहित र पारदर्सि काम गर्ने र लुम्विनी प्रदेशका सम्पूर्ण पुस्तक व्यवसायी साथीहरु साथै कार्यालयका कर्मचारीहरुसंग समन्वय गरेर लुम्विनी प्रदेश शाखालाई देशकै नमुना शाखा बनाउन आफ्ले कुनै कसुर बाँकी नराख्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यालयका कर्मचारीहरु साथीहरु तथा सम्पूर्ण व्यवसायी साथीहरुको साथ सहयोग र सर्मथन रहेमा मात्र आफ्नो कार्यकाल सफल सवल र अर्थपूर्ण हुने भन्दै श्रेष्ठले सबैलाई आ–आफ्नो क्षेत्रवाट आवश्यक साथ, सहयोग, सर्मथन साथै उचित सल्लाह सुझाव समेत दिन आग्रह गरेका छन् ।

पछिल्लो समय पूर्व कार्यालय प्रमुख भैरववावु पन्तको व्यवस्थापकीय पक्ष निकै कमजोरी भएका कारण जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेशिक कार्यालय बुटवल बदनियत हुँदैै आएको छ । पूर्व कार्यालय प्रमुख पन्तले व्यवसायीहरुलाई ठाडै अपमान गर्ने गरेको, आफुलाई मनपर्ने व्यवसायीलाई सेटमा पाठ्यपुस्तक दिने गरेको तर अरु व्यवसायीलाई नियतबस सेट टुक्राएर पुस्तक वितरण गरि अनावश्यक दुःख दिएको, प्राथमिकताको आधारमा पाठ्यपुस्तक वितरण नगरेको, व्यवसायीहरुलाई पाठ्यपुस्कको विल काट्न लगाई बैंकमा विलअनुसारको रकम दाखिला गर्न लगाएको तर पाठ्यपुस्क नै उपलव्ध नगराएको जस्ता दर्जनौ आरोपहरु रहेका छन् ।

पूर्व कार्यालय प्रमुख भैरववावु पन्तको समयमा लथालिङ्ग भताभुङ्ग भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेशिक कार्यालय बुटवललाई व्यवस्थापन गरि सही ट्याकमा ल्याउन र कार्यालय र लुम्विनी प्रदेश भित्रका व्यवसायीहरु विचको धमिल्लिएको सम्वन्धलाई सुधार गर्दै यस क्षेत्रका व्यवसायीहरु विच सुमधुर सम्वन्ध ल्याउन वर्तमान नव नियुक्त कार्यालय प्रमुख श्रेष्ठलाई चुनौती थपिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?