दरमा के खाने के नखाने ?

काठमाण्डाै । तीजको पहिलो दिन आज दर खाइँदैछ । तीजको अघिल्लो दिन  दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । दरमा गुलियो, चिल्लो र पिरो धेरै भएका खानेकुराहरु खाने गरिन्छ ।

राति चिल्लो तथा पिरो खानेकुरा खाएर भोलिपल्ट दिनभर निराहार व्रत बस्नु स्वास्थ्यका घातक हुनसक्छ । व्रत बस्नुभन्दा २४ घण्टा अगाडिसम्म खाँदा खासै फरक नपरे पनि १०, १२ घण्टा अगाडि धेरै चिल्लो पिराे र गुलियो खानेकुरा खाँदा त्यसले विभिन्न जोखिम निम्त्याउन सक्छ । हामीले दैनिक रुपमा खानेभन्दा फरक प्रकृतिको खानेकुरा खाँदा हाम्रो पाचन प्रणालीले त्यसलाई सहन गर्न सक्दैन । त्यसलाई पचाउन सक्दैन । खाना पचेन भने विभिन्न खालका स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

दरमा कतिपयले मासु खाने गर्छन् । त्यसरी मासु खाँदा  धेरै नुन तथा मसला राख्नुहुँदैन ।  यस्तै दूधबाट बनेका परिकारमा पनि धेरै गुलियो, चिल्लो राख्नुहुँदैन ।  तरकारी तथा अचारमा धेरै पिरो मसला पनि धेरै राख्नु हुँदैन । यदि लामो समयको  खाली पेट भएको बेला दर खान लागिएको छ भने सुरुमा नुनिलो र संयुक्त परिकार खानु पर्दछ । दर खाँदा आफ्नो शरीरमा चाहिने जति मात्रै खानु पर्दछ । धेरै खाएमा बान्ता हुने लगायतका अरु खालका स्वास्थ्य समस्या हुन देखिन सक्छ । दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । सामूहिक रुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले सचेत  हुनुपर्छ । यस्तै दरसँग जाँडरक्सी खानु हुँदैन ।

दरका रुपमा पहिलादेखि नै गुलियो, चिल्लो र पिराेखाने चलन रहे पनि पहिला र अहिलेको अवस्थामा धेरै फरक छ ।  पहिले शारीरिक रुपमा धेरै परिश्रम हुन्थ्यो । जसका कारण त्यति धेरै असर गर्दैन थियो । तर अहिले मानिसहरुले तुलनात्मक रुपमा कम परिश्रम गर्छन् । जसका कारण अहिलेका मानिस गुलियो, चिल्लो र पिराे खानेकुरा कम मात्रै पचाउन सक्छन् । भोलिपल्ट व्रत बस्नुछ भने झन् त्यस्ता  खानेकुरा खानका लागि सतर्कता अपनाउनुपर्छ ।

चिल्लो, पिरो र मसलेदार खानेकुराले सबैलाई गर्ने असर भने उस्तै हुँदैन । मानिसको पचाउन सक्ने क्षमतामा भर पर्छ । पाचन शक्ति कमजोर भएकाहरुले दर खाँदा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरमा कुनै पनि रोग लागेको छैन, शरीर स्वस्थ छ भने धेरै असर गर्दैन । तर जो मानिसको शरीर कमजोर छ , जसको उमेर बढी छ,  मधुमेह र उच्च रक्तचाप जस्ता समस्या  भएमा झन् बढी ध्यान दिनुपर्ने हुन्छ ।

यति नै मात्रामा यस्ता खानेकुरा खाने भन्दा पनि आफ्नो शरीरलाई सहने गरी, खानुपर्छ ।  यति खाँदा मलाई असर गर्दैन भनेर आफैँले अड्कल्नु पर्छ । जबरजस्ती खानु हुँदैन । अरु बेलामा खाने जस्तै सरल खाना खानुपर्छ । भोलि व्रत छ, आज एकदिन त खाइहालौँ नी के हुन्छ र ? भनेर हेलचेक्र्याइँ गर्नुहुँदैन । दरका रुपमा खानेकुरा खाँदा पनि हामीले दैनिक जीवनमा खानेजस्तै हल्काफुल्का खानेकुरा खानु नै उपयुक्त हुन्छ।

अझ मधुमेह भएकाहरुले भने चिल्लो तथा गुलियो कम भएका खानेकुरा मात्रै खान उपयुक्त हुन्छ । यस्तै नुन बढी भएका खानेकुरा पनि धेरै खानु स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । खसीको मासु खाइएको छ भने पनि छाला,  बोसो  भएको र चिल्लो पिराे धेरै हालेको नखाँदा राम्रो हुन्छ । यदि खाने नै भए पनि  एक वा दुई टुक्रा मासु मात्रै खाँदा उपयुक्त हुन्छ ।  दर खाँदा ध्यान पुर्याइयो र सरल खानामा ध्यान दिइयो भने मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नै रहने भएकाले भोलिपल्ट व्रतको दिनमा पनि अलि सहज हुन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?