अर्घाखाँची । हिन्दु नारीहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा लुम्बिनी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
अान्तरीक मामिला, कानुन तथा संचार मन्त्रालयले साेमबार सूचना जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको हाे । सूचना अनुसार लुम्बिनी प्रदेशकाे २०७८ चैत २१ गतेकाे मन्त्रिपरिषदकाे निर्णय बमाेजिम भदाै १४ गते हरितालीका तिजकाे अबसरमा सार्वजनिक बिदा दिने भएकाे हाे ।













