विद्यालय बन्दको आन्दोलन फिर्ता, मंगलबारदेखि विद्यालय खुल्ने

काठमाडौं । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो ।

सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको हो । उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणालाई ऐक्यवद्धता जनाउँदै देशभरका करिब ९० प्रतिशत सामुदायिक विद्यालय सोमबार पनि बन्द भएका छन् ।

सोमबार भएको छलफलमा मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन स्थगित गरेको परिषदका महासचिव शान्तिनाथ योगीले बताए ।

‘आज सरकार, शिक्षक महासंघ र परिषदबीच सामान्य छलफल भयो । सरकारले वार्ता टोली गठन गरेर वार्ता गर्ने भएको छ । त्यसैले तत्काललाई हामीले आन्दोलन फिर्ता लिएका छौं’ उनले भने । अब हुने वार्तामा चित्तबुझ्दो सहमति नभए फेरि आन्दोलन थाल्ने उनले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?