स्थानीय तहसम्म पुग्याे प्रेस चौतारी नेपाल

ललितपुर । एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा गोदावरी नगर समिति गठन भएको छ।

सोमबार चापागाउँमा प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको हाे।

समितिलाई छिटै नै पूर्णता दिइने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए।

प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। यसअघि केन्द्र, प्रदेश र जिल्लामा मात्रै संरचना थिए। हालै सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट पारित विधानअनुसार हरेक पालिकामा समिति गठन गरिने निर्णय भएकाे हाे।

‘हामीले यही विधानलाई टेकेर देशमै पहिलो चौतारीको स्थानीय समिति निर्माण गरेका छौँ, इतिहास रचेको छाैँ’, अध्यक्ष आचार्यले भने।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारितासँगै पार्टी प्रचारको जिम्मेवारी पनि प्रेस चाैतारीसँग रहेकाे बताए। ‘पत्रकारलाई पार्टीले चुनाव आएपछि मात्र सम्झने बानी त्यागेर अरूबेला पनि सम्झने र विभिन्न कृयाकलापमा सहभागी गराइरहनुपर्ने आवश्यकता देखिन्छ’, उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?