अर्घाखाँची । पाणिनीमा गाँउपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
जम्बोटिम युवा क्लबको आयोजनामा भाद्र १७ र १८ गते पाणिनी गाँउपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पाणिनी गाउँपालिका भित्रका खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार र तृतिय पुरस्कार ५ हजार मेडल र प्रमाणपत्रको ब्यबस्था गरएिको छ भने टिम दर्ता शुल्क २ हजार तोकीएको आयोजकको भनाई छ ।
खेल दुर्गाफाँट खेल मैदान बरकारुखमा हुुने छ ।












