अर्घाखाँची । आगामि मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि अर्घाखाँची प्रदेश सभा (ख) मा नेकपा एमालेको तर्फबाट रामजी प्रसाद घिमिरे सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।
नेकपा एमाले २ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आईतबार मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य, पूर्व जिल्ला कमिटि अध्यक्ष समेत रहेका घिमिरे लाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।












