दृष्टिविहीन शिक्षक : जाे अध्याराेबाट शिक्षाकाे ज्योति छर्छन्

जब उनी बुझ्ने  भए आँखा खोल्दा चारैतिर अन्धकार थियो  । सोच्थे  ‘जीवन अँध्यारोमै  बित्ने  भयो  ।’

तर होइन रहेछ, अँध्यारोभित्र पनि त उज्यालो  हुँदोरहेछ । आँखाको  ज्योति गुमाएर संसारको  झिलिमिली देख्न नपाए पनि आफ्नो  जीवनलाई प्रकाशवान तुल्याउन सकिन्छ र अँध्यारोबाट उज्यालोको ज्योति छर्न सकिन्छ भन्ने एक सजीव उदाहरण हुन्– अर्घाखाँचीका तारापति क्षेत्री ।

उनि बिं.स २०३९ साल बैशाख २२ गते भारतमा जन्मीए, डेढ बर्षको उमेरमा बुबा आमाको साथमा आफ्नो नेपाल घर शितगंगा नगरपालिका २ सितापुर झिर्रामा फर्किए । उनि जन्मजात दृष्टिबिहिन हुन् ।

‘७/८ वर्षका छँदा आँखाको ज्योति गुमेको थाहा पाए । हुर्किंदै जाँदा साथीसंगी र आफूबीच भएको फरकबारे मेसो पाए । बाल्यावस्थामा आफू दृष्टिविहीन भएको कुराले खासै फरक परेन । तर जब हुर्किंदै गए अन्धकार झन्–झन् बढ्दै गयो । जिवन कसरी अगाडी बढाउने भन्ने चिन्ताले सताउन थाल्यो ।

सुरुसुरुमा घामकोे किरण परेको स्थानमा अलिअलि देख्ने उनले अध्यारो तथा छायाँ परेको स्थानमा केही देख्दैनथे । अहिले उनि पुर्ण रुपमा देख्दैनन् । ७ बर्षको उमेर देखि उनका बुबाले उपचारको लागि सन्धिखर्क, बुटवल, काठमांडौ हुदै भारत सम्म पुराए तर आँखाको दृष्टि भने फर्किएन ।

उनले सरस्वति माबि शितगंगाबाट कक्ष १० पास गरे । कक्षा १२ ज्योति माबि शितगंगाबाट गरे । सबलांग छात्रछात्राबीच पढ्न उनलाई उति सहज थिएन । गाह्रो  पनि भयो  । तर हिम्मत हारेनन् बिं.सं २०६३ सालमा माथिल्लो शिक्षाको लागि उनि बुटबल झरे र बुटबल बहुमुखि क्याम्पसमा अध्यायन सुरु गरे ।

सबलांग छात्रछात्राबीच पढ्न उनलाई उति सहज थिएन । गाह्रो  पनि भयो  । तर मनमा एककिसिमको अठोट थियो । जसरी हुन्छ, शिक्षा आर्जन गर्ने । उनी सोच्थे, ‘बाहिरको  उज्यालो  देख्न नपाए पनि शिक्षाको  उज्यालो  पाउने  भएँ ।’ पढाइको खुड्किलो चढ्दै जाँदा उनको  अँध्यारो जीवनमा उज्यालाका किरणहरू क्रमशः देखा पर्न थाले  । शिक्षाको ज्योतिले ज्ञानको भण्डार फैलँदै गयो ।

बुटवलमा अध्यायन गर्दै गर्दा उनी बुटवलका आपांङ्ग संग सरोकार राख्ने बिभिन्न संघसंस्थामा आबद्ध भए । बिं.सं २०६५ सालमा अर्घाखाँचीेमा दृष्टिबिहिन शिक्षक दरबन्दि पठाइयो । उक्त दरबन्दि भुमिकास्थानको प्रभाकर माबिमा पुग्यो । उनि भुमिकास्थान पुगे र प्रतिस्पर्धामा होमिए । भनिन्छ नि, ‘जीवनमा आत्तिनु हुन्न । अँध्यारो  रातपछि उज्यालो  आउँछ ।’ उनको जीवनमा पनि यस्तै भयो । उनी ४ जनामध्ये एक नम्बरमा नाम निकाल्न सफल भए र बिं.सं २०६५ भदौ २५ गते शिक्षण पेशामा आबद्ध भए ।

बिं.सं. २०६९ साल फागुनमा शिक्षक दरबन्दि मिलान गर्दा उनको सरुवा भयो । हाल उनि आफैले एसएलसी उत्तीर्ण गरेको सरस्वति माबि शितगंगामा अध्यापन गराउछन् । शिक्षण उनको कर्म बनेको छ र यसैमा रमाएका छन् । उनी शिक्षाको ज्योति बाँड्दैछन् । सत्मार्गको निर्देशन गर्दैछन् । भलै उनले बाहिरी संसारको ज्योति देख्न पाएनन् ।

उनि सामाजिक क्षेत्रमा पनि उत्तीकै सकृय छन् । अपांगताका क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाको नेतृत्व समेत गरीरहेका छन् । उनि अहिले नेपाल दृष्टिबिहिन उत्थान संघका कार्यवाहक अध्यक्ष, देउराली आपांग उत्थान समाजका अध्यक्ष, शितगंगा नगरपालिकाको अपांगता समन्वय समितिका सदस्यको रुपमा अपांगहरुको सेवामा लागि रहेका छन् ।

उनको बुझाइमा कोही दृष्टिविहीन हुँदैमा जीवनको बाटो रुमल्लिंदैन । बरु दृढसंकल्प र इच्छाशक्ति भए गन्तव्यमा पुगिन्छ । उनी आज तिनै  दृष्टिविहीनहरूका लागि मार्गदर्शक बनेका छन् । आँखाको  ज्योति गुमाएका थुप्रै  निराश मनहरूका लागि आशा बनिदिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?