निजामती सेवा दिवस : अर्घाखाँचीमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

निजामती सेवा दिवस २०७९ सालको अवसरमा अर्घाखाँचीमा आधिकारिक ट्रेड युनियन र क्रियाशिल ट्रेड युनियनले आयोजना गरेको खुल्ला हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सन्धिखर्कको कृषि ज्ञान केन्द्रको सभाहलमा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा १० टीम सहभागी भएका थिए । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रमुख आतिथ्यता, प्रमुख कोष नियन्त्रक दिपक अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख राम मिलन प्रसाद विश्वकर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, कर्मचारी मिलनकेन्द्रका अध्यक्ष सन्तोष खनालको विशेष आतिथ्यतामा सम्पन उक्त कार्यक्रममा जिल्लामा क्रियाशिल ट्रेड युनियनका जिल्ला अध्यक्षहरु, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष माधव अर्याल, संगठनका अध्यक्षा गणेश प्रसाद भण्डारी र ने.रा.क.स.का अध्यक्ष यादव सापकोटा संगठनका केन्द्रीय सदस्य दिलिप के.सी. केन्द्रीय परिषद सदस्य लालमणि खनाल, प्रदेश सदस्य माया पन्थी, रा।क।स।का केन्द्रीय सदस्य पूर्ण प्रसाद पराजुली र जिल्ला सचिव माधव भुसालको समेत उपस्थिति रहेको थियो ।

१० समूह बीच भएको प्रतियोगितामा राजन महत्राले नेतृत्व गरेको टीम प्रथम, सन्धिखर्क नगरपालिकाको टीम द्वितीय, भूमिकास्थान नगरपालिकाको टीम तृतीय स्थान र मालपोत कार्यालयको टीमले सान्त्वना प्राप्त गरेको थियो । ५० प्रश्न सोधिएको प्रतियोगितामा अन्तमा प्रथम र सान्त्वनाको लागि पूनस् प्रतियोगिता गर्न परेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमश ६ हजार, ४ हजार ५ सय, ३ हजार र १ हजार ५ सय पुरस्कार र प्रमाण पत्र निजामती सेवा दिवसको दिन भदौ २२ गते प्रतिनिधी सभा उप(सभामुख माननीय पुष्पा भुसालद्वारा वितरण गरिने कुरा आधिकारिका जिल्ला अध्यक्ष कृष्ण वर्माले बताए ।

उक्त प्रतियोगिता निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीको संयोजन, निजामती कर्मचारी युनियन, कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम आधिकारिकका उपाध्यक्ष हरि प्रसाद डुम्रेको संचालन, माधव अर्याल, गणेश भण्डारी र माधव भुसालको व्यवस्थापन, आधिकारिकका अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?