अर्घाखाँची : ८१ जना उम्मेद्वारले बुझाएनन् निर्वाचन खर्च बिवरण, आयोगको ताकेता

अर्घाखाँची । अर्घाखाँचीमा ८१ जना उम्मेद्वारले स्थानीय तहको निर्वाचन २०७९ मा गरेको खर्चको बिवरण निर्वाचन आयोगलाई बुझाएका छैनन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा उम्मेद्वार बनेर गरेको खर्चको बिवरण सम्बन्धीत उम्मेद्वारले ३० दिन भित्र खर्च बिवरण निर्वाचन आयोगलाई बुझाई सक्नु पर्छ तर अर्घाखाँचीमा भने ८१ जना उम्मेद्वारहरुले खर्च बिवरण पेश गरेका छैनन् ।

निर्वाचन आयोगले पुनः सूचना प्रकाशन गरेर खर्च बिवरण बुझाउन ताकेता गरेको छ । यस अघि पनि आयोगले खर्च बिवरण पेश गर्न अनुरोध गरेको थियो । स्थानीय तहमा उम्मेद्वार बनेर निर्वाचित भए वा नभए पनि खर्चको बिवरण पेश गर्नु पर्ने हुन्छ ।

आयोगले २३ गते एक सूचना जारी गर्दै ७ दिन भित्र स्पष्टिकरण सहित खर्च बिवरण बुझाउन निर्देशन दिएको छ । ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा छत्रदेव गाउँपालिकाका १२ जना, पाणिनी गाँउपालिकामा १२ जना, भुमिकास्थान नगरपालिकाका १६ जना, मालारानी गाउँपालिकाकम ६ जना, सन्धिखर्क नगरपालिकाका १६ जना र सितगंगा नगरपालिकाका १९ जना गरी ८१ जना उम्मेद्वारहरुले खर्च बिवरण बुझाउन बाँकी छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?