अर्घाखाँची । पाणिनी गाउपालिकाको एक बिधालयमा एउटा कक्षा कोठामा दुईवटा कक्षा संचालन भैरहेका छन् ।
पाणिनी गाउपालिकाको वडा नं. ३ बरकारुख स्थित दुर्वाशेश्वर माध्यमिक बिधालयमा एउटा कक्षाकोठामा २ ओटा कक्षा संचालन भैरहेका छन् ।
बिगत लामो समयदेखी भौतिक पुर्वधारको अभावका कारण यस्तो समस्या आएको प्रधानाध्यापक बिक्रम सुनारले बताए । उनी भन्छन ” बिधालयका भवन निर्माण हुँदै छन पुर्वधार अभावका कारण यस्तो समस्या आएको हो । भवन निर्माण पश्चात् यो समस्या समाधान हुन्छ । ”
उक्त बिधालयमा पुर्व प्राथमिक तहाका २ वटा, कक्षा १ र २, ३ र ४ एउटै कोठामा संचालन भइरहेका छन भने कक्षा ५ का बिधार्थिहरुलाई बिधालयको सिढी मुनि राखेर अध्यापन गराउदै आइएको छ ।
यसरी अध्यापन गर्दाउदा सिकाइ प्रक्रियामा धेरै असर पारेको शिक्षक बताउछन् । एउटै कोठामा दुई ओटा कक्षा संचालन गर्नु पर्दा सिकाइ प्रक्रिया प्रभावकारी नभएकोले बिधार्थिको भविष्यमा असर पर्ने शिक्षक बताउछन ।
उक्त बिधालयमा एउटा पुरानो भवन छन् भने २ वटा चार कोठे भवन छन् । एउटा भवनका ४ वटै कोठामा कक्षा संचालनमा छन अर्को भवनको एउटा कोठामा अफिस, एउटामा कम्प्युटर प्रयोगशाला, एउटामा पुस्तकालय तथा बिज्ञान प्रयोगशाला छ भने अर्को एउटामा सिमेन्टको स्टोर रुमको रुपमा ठेकदारले प्रयोग गर्दै आएका छन् ।

बिद्यार्थीलाई बाहिर राखेर कक्षा कोठामा स्टोर संचालन गर्नु, बिधालयको नामको बोर्ड समेत नराखिनुले ब्यवस्थापन निकै फितल भएको देखिन्छ । यस्तो अबस्थामा बिद्यार्थीको सिकाइमा भएको प्रभाव सजिलै आंकलन गर्न सकिन्छ ।












