गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा सुआहारा दोश्रो कार्यक्रम गुल्मीको आयोजनामा “कार्यक्रमको सिकाइ आदान प्रदान सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिकाको सभाहलमा भएको गोष्ठी गाउँपालिका र सुआहारा दोस्रोको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
छत्रकोट गाउँपालिका सभाहलमा सम्पन्न गोष्ठीमा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली र गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का का वडा अध्यक्ष गुणाकर ज्ञवाली ,वडा न १का वडा अध्यक्ष घनश्याम न्यौपाने,वडा नं २का वडा अध्यक्ष नरेन्द्र पल्ली,वडा नं,३का वडा अध्यक्ष तेजकान्त अर्याल,वडा नं ५का अध्यक्ष रामप्रसाद कंडेल ,वडा नं ६ का वडा अध्यक्ष नारायण रेश्मी,कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरु,शिक्षासमिती सदस्यहरु,गाउँपालिकाभरका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि ,विद्यार्थी लगाएतको विशेष उपस्थिति रहेको थियो।
यस्तै खाध्य सुरक्षा समिती सदस्य १००० दिनका आमा,महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका,कृषक प्रतिनिधि,Male Jesi Champion को उपस्थिति थियो । यस्तै गाउँपालिकाले सुआहारा बाट बरिष्ट कार्यक्रम संयोजक ज्ञानदिप आचार्य ,पोषण अधिकृत लिल बहादुर नेपाली,IRDS का उपाध्यक्ष भगवती श्रिस ,पोषण पालिका सहजकर्ता पवन रजाली,सामुदायिक पोषण सहजकर्ता निर्मला थापा अर्याल लाई सुआहारा दोस्रो परियोजनामा महत्वपूर्ण योगदान गरेवापत टिका,माला,खादा,मायाको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा १०००दिनका आमा,महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका,कृषक प्रतिनिधि,Male Jesi Champion ले सु-आहारा कार्यक्रम आएपछि गाउँगाउँमा पोषण बारे सचेतना फैलिएको र पोषणमा सुधार आएको बारेमा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पोषण अधिकृत लिलबहादुर नेपालीले सुआहारा कार्यक्रमको बिगत देखि अहिले सम्मको कार्यप्रगति बारे प्रस्तुतिगरेका थिए । छत्रकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी अहेव सपना टण्डनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत श्यामसुन्दर पोखरेलले गरेका थिए।












