रिडीबजारका मजदुरकाे पीडा : कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

कृष्णअन्जान
रिडीबजार । कहिले आउला सँगिहाे हामी दुखिका
सुखका दिन ,गिट्टी कुट्ने जिन्दगी छैन बरै शुख एकैछिन ।

रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनारमा पुग्छिन ।

गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ,कतिकतिबेला हतौडाले हातमा ,ओैँलामा थिच्छ ,दुखाईले अरल्लिन्छिन तर पनि आफू ,आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे ।

यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन ,उनी एउटी जिम्मेवार आमा हुन आफै भाेकै रहेर पनि लालाबालाकाे शिक्षा दीक्षा लालन पालनका लागि गिट्टी कुट्नु उनकाे विवसता हाे ।

त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनी हरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन ।

रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्डकी नदिकाे बगरका ढुँगा हुन ।

के गरम याे काम नगरी हातमुख जाेडिन्न ,मैले कुटेकाे गिट्टी बेचेर तीन जना परिवारकाे दुईछाक दुखले चल्छ बृद्ध गिट्टी मजदुर लाेक बहादुर मगरले भने ।

रिडीबजारमा बालुवा र गिट्टीकाे भरमा आफ्नो हातमुख जाेर्ने करिब दुईसय मजदुर हरु छन तर दुई वर्ष अघिदेखि कालिगण्डकी नदिकाे बालुवा निकाल्न सर्वाेच्च अदालतले राेक लगाएपछि उनिहरुकाे राेजिराेटि त खाेसिएकाे छ नै जीवन जिउन समेत साह्रै अप्ठ्याराे छ ।

केहिले त गिट्टी कुटेका छन तर त्याे गिट्टीकाे मूल्य प्रति टिन बाईस रुपैया छ र दिनमा मुस्किलले पाँचटिन कुटिन्छ तर गिट्टी बिक्दैन ।

गाउँ घरमा कमसल गिट्टी टिनकाे १ सय सम्म बिक्छ तर यति राम्रो र गुणस्तर गिट्टीकाे मूल्य छैन ।

कालिगण्डकी नदिकाे बालुवा खुल्दा मजदुरहरुले बालुवा लाेड गरेर दैनिक पाँच सय सम्म कमाउँथे । परिवारमा दुईजनाले दैनिक एकहजार कमाउँदा परिवारकाे पालन पाेषण राम्रै थियाे तर दुईवर्ष अघिदेखि बालुवाकाे उत्खनन बन्द छ । यसैकाे कारणले याे क्षेत्रमा निर्माण कार्य पनि महँगाे छ ,रुरुक्षेत्र गाउँपालिकाले बालुवा र ढुँगाकाे कर उठाउन पाएकाे छैन ,मजदुरकाे राेजिराेटि गुमेको छ ।

खै के भएर राेकिएकाे हाे ,हामी गरिबलाई के थाहा तर जे भएर राेकिए पनि र जसले राेकेपनि बालुवा लाेड गरेर जीवन धानेका हामी गरिबको पेटमा लात हानिएकाे छ रिडीबजारका मजदुर नित्य बहादुर कुमालले भने ।
बालुवा लाेड गरेर कुमालका पाँच जनाकाे परिवारकाे गुजारा चल्दै आएकाे थियाे ।

यहि बालुवा लाेड गरेर मजदुर हरुले पेट पाल्थे ,धेरैजसाेकाे न जग्गा जमिन छ ,न घर छ न अरु कुनै पेशा न गरिबलाई हेर्ने काेहि छ रुरुक्षेत्र १ का नरेन्द्र रेश्मीले दुख पाेखे ।
बालुवा बन्द भएपछि मजदुरकाे दुख देख्न नसकेर रिडीबजारका केही युवाहरूको पहलमा केही महिना बालुवा खुलेपनि फेरि बन्द छ ।

त्यसाेत कालिगण्डकी किनारकाे बालुवा खाेलेर मजदुर हरुकाे राेजिराेटि बहाल गराउन रिडीका जागरुक युवा हिमाल श्रेष्ठ ,नवराज विक ,नरेन्द्र रेश्मीकाे टाेली विभिन्न अड्डाहरुमा ज्ञापन पत्र बाेकेर पुगे पनि बालुवा खुलेन ।
रिडीबजारका मजदुर चुरामणी गाहा दिनभरि कालिगण्डकी नदिकाे बगर तिर हेर्दै लामचौताराेमा बसरे दिन कटाउँछन । उनलाई आशा छ कुनैदिन बालुवा खुल्नेछ र परिवार पाल्ने श्राेत भेटिने छ तर उनकाे परिवारकाे भाेकाे पेटकाे जलन राज्यका निकाएले न बुझ्छ न कुनै पहल नै हुन्छ ।

छाेरा छाेरी भाेक भाेकै छाडी हिँड्नु पर्छ ,सम्झिल्याउँदा आँखाबाट वर्षे भेल झर्छ ,मलाई मात्र हाेकी यस्तो अरुलाईनि यस्तै यता हेर्छु उता हेर्छु दुखि मैँ जस्तै बरै मलाई मात्रै दुख त हाेईन अरुलाई नि शुख त केही छैन, मन बुझाउने केहिबाटाे छैन बगर तिर हेर्दैछु रातदिन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?