सबैको साझा प्रर्यन्तले शिक्षामा आमुल परिबर्तन गर्न सकिन्छ : नगर प्रमुख श्रेष्ठ

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नं – ७ मा रहेको चन्द्र प्रमा मा।वी खाँचीकोटले आज आफ्नो ६८ औं बार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रम सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे श्रेष्ठले कार्यक्रममा मन्तब्य राख्दै बिधाथी भविष्यका कर्णदार भएकोले विधार्थीको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला निकाय जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उनले सबको साझा लक्ष्य र गन्तव्य भनेको समाज रुपान्तरण भएकोले बिधार्थीकों सम्मान, संरक्षण र प्रवद्र्धन गरी सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै श्रेष्ठले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र असल समाज निर्माण गर्न सकिने बताए ।

उनले बिधाथीको हकअधिकार र कल्याणका क्षेत्रमा सरोकारवाला निकायलाई आगामी दिनमा अझ सशक्त भई लाग्नको लागि आग्रह गदै विधालयको स्तरउन्नतिको लागि आफुले अभिभाबकीय भुमिका निर्वाह गर्ने बताउदै सरकारी विधालयले गुणस्तरीय स्तरीयतालाई विशेष ध्यान राख्नुको अहिलको आबश्कता रहेको बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्य शिक्षा समन्वय तथा ईकाई प्रमुख मणिराम पराजुलीले मन्तब्य राख्दै सरकारी विधालयको स्तरउन्नति विकासको लागि सबै एक भएर लाग्नुको विकल्प नरहेको बताए । कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसीले मन्तब्य राख्दै बिधालयलाइ चाहिने साथ सहयोगमा कुनै पनि कसूर बाकी नराख्ने बताउदै अब बोर्डीङमा जाने बिधार्थीको घर–घरमा आफु गएर बिधालयमा आकार्षित गर्ने बताए ।

कायक्रममा अभिभाबकको तर्फबाट मन्तब्य राख्दै गुणनिति न्यौपानेले विधालयले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशासा समेत गरे विधालयका प्र।अ। दिन बहादुर थापाले बिधालयको प्रतिबेदन प्रस्तुत गर्दै यो विद्यालयले धेरै चुनौती सङ्ग सामाना गर्दै यहा सम्म आइपुग्दा यो विद्यालयले धेरै हस्तीहरु जन्माएको बताउदै विद्यालय लाइ थप अग्रगामी दिशामा लैजानको लागी बिभिन्न संघसस्था, ले सहयोग गनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि विधालयका पुब प्रधानाध्यापक चन्दादाता अक्षयदाता शिक्षाप्रेमी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो कार्यक्रममा बिधालयका विभिन्न अतिरिक्त त्रियाकलाप प्रथम दितिय तृतीय हुनेलाई उत्कृष्ट नतिजा ल्याउने बिधाथींलाई पुरस्कार गरिब तथा जेहेन्दार दलित लगायत बिभिन्न बिधार्थी लाइ उचित छात्रवृत्ति पनी बितरण गरिएको थियो कार्यक्रम विधालय व्यबस्थापन समितिका अध्यक्ष गणेश सिहको अध्यक्षता शिक्षक तिर्थराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभाबक सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?