झरना कप शुरु : उद्घाटन खेलमा लिस्नु युवा क्लब बिजयी

तिलोत्तमा । बिहिबारदेखि झरना स्पोर्टस क्लबको आयोजनामा यस क्षेत्रकै गरिमा बोकेको ३५ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

आज सम्पन्न समुद्घाटन खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ ।बर्षात भएपछी केहि ढिलो शुरु भएको सो खेल अबधि भर दर्शकले निकै मनोरंजन लिए । तिलोत्तमा नगरपालिका-६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई पहिलो हाफमा १ गोल र त्यसपछि दोस्रो हाफमा १ गोल गरि १ का बिरुद्ध २ गोल गर्दै विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत भोली इन्टरस्पोर्ट्स क्लब बुटवल र बहुजातीय एकता समाज मडाहा बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट कोशाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो।प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा लोक पुनले बिहिबार उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले स्थानिय स्तरबाट खेल शुरु गरि ईतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको बताए।  उनले यस क्षेत्रको शानको रुपमा स्थापित यस खेल संगै सामाजिक सेवामा अग्रसर क्लबको खेल प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा बहादुर पुनले बताए ।

हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई नि:शुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?