रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच उज्वेकिस्तानमा भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ ।

भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिन र चिनियाँ समकक्षीबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्वेकिस्तानको समरकन्दमा भेट भएको हो ।

चिनियाँ राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताएको बीबीसीले जनाएको छ । चीनले युक्रेनमा रुसले गरेको आक्रमणको खुलेर समर्थन गरेको छैन तर युद्ध सुरु भएयता दुई देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ । यसअघि दुई शीर्ष नेताहरुबीच शीतकालीन ओलम्पिक्सका क्रममा बेइजिङमा गएको फेब्रुअरीमा भेट भएको थियो ।

त्यसको केही दिनमै रुसले युक्रेन आक्रमण सुरू गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?