बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

बाढी/पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।

छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको समाचार संस्था एएनआईले जनाएको छ । यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्गलादेशले विगतमा नमिठा सम्बन्ध र घटना भए पनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको थियो।

यसअघि नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानवीय सहायता उपलब्ध गराएको थियो ।

सरकारको निर्णय अनुसार मङ्गलवार २२ टन सामग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको थियो । पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुनमध्यदेखिको बाढी/पहिरोबाट कम्तीमा १ हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ । ३ करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?