उपयुक्त निर्देशन र आवश्यक समन्वयमा गाउँपालिकाको कामकाज अगाडि बढाउने नव प्र.प्र.अ पुनको प्रतिवद्धता

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले एक समारोहका विच नव प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनलाई स्वागत गरेको छ।

आज छत्रकोट गाउँपालिकाको सभाहलमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्ड्ेयको अध्यक्षता रहेको थियो।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली ,सामाजिक विकास समितिका संयोजक तथा वडा नं.४का वडा अध्यक्ष गुणाकर ज्ञवाली,वडा नं.१का अध्यक्ष घनश्याम न्यौपाने,वडा नं.२का वडा अध्यक्ष नरेन्द्र पल्ली,वडा नं.३का वडा अध्यक्ष तेजकान्त अर्याल,वडा नं.५का वडा अध्यक्ष रामप्रसाद कंडेल ,वडा नं.६का अध्यक्ष नारायण रेश्मी,कार्यपालिका सदस्य भगवती न्यौपाने,शिक्षा समितिका सदस्य विष्णुप्रसाद पौडेल,पुर्व शिक्षा स्रोत विकास केन्द्र प्रमुख संकर प्रसाद पन्थ ,गाउँपालिका स्थित विषयगत शाखा प्रमुखहरु,गाउँकार्यपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष पाण्डेयले जनप्रतिनिधिबाट कुनै प्रकारको बाधा र अवरोध सिर्जना नहुने जनाउँदै गाउँपालिका भरका हरेक गतिविधि सञ्चालनका क्रममा परिस्थितिलाई थप सहज बनाउने प्रतिवद्धता जनाए ।

यस्तै स्थानीय सरकारको ५ वर्षे कार्यकालमा धेरै पटक प्रमुख प्रशासकीय अधिकृतहरुको परिवर्तनले गाउँपालिका सरकारको काम-कार्यमा गम्भीर असर पर्न सक्ने प्रसङ्ग जोड्दै आफ्नो ५ वर्षे कार्यकाल अवधिभर प्रमुख प्रशासकीय अधिकृत पुन सँगै सहकार्य हुनेमा विस्वास व्यक्त गरे।

साथै उनले उत्कृष्ट छत्रकोटको परिकल्पना प्रमुख प्रशासकीय अधिकृत पुन,सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको आवश्यक समन्वय ,सहजीकरण तथा निर्देशनमा पूरा हुने पनि बताए ।

यस्तै कार्यक्रममा धारणा राख्दै नव प्रमुख प्रशासकीय अधिकृत पुनले गाउँपालिका अध्यक्ष लगायतका सम्पुर्ण जनप्रतिनिधिको उपयुक्त निर्देशन तथा कर्मचारीहरुको आवश्यक समन्वयमा गाउँपालिकाका हरेक गतिविधिहरुलाई सशक्त ढंगले अगाडि वढाउने प्रतिवद्धता जनाए । यस्तै उनले नमुना र उत्कृष्ट छत्रकोट बनाउन यहाँका जनप्रतिनिधि र कर्मचारीहरुबाट आवश्यक निर्देशन ,सल्लाह ,सुझाव ,सहजीकरण तथा समन्वयमा कुनै प्रकारको कमी नहुने समेत विस्वास व्यक्त गरे। पुन करिव ५ वर्ष सम्म रोल्पाको सुन्छहरी गाउँपालिकामा कार्यरत थिए । त्यस पछि उनि हाल सम्म जिल्ला समन्वय समिति नवलपरासी पश्चिमा कार्यरत थिए । नि.वर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीको रुपन्देहीको कोटीहवामाई गाउँपालिकामा सरुवा भएकोले पुन प्रमुख प्रशासकीय अधिकृतको रुपमा छत्रकोट गाउँपालिका आएका हुन ।

यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै छत्रकोट गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं.४का वडा अध्यक्ष ज्ञवालीले छत्रकोटको विकास र समृद्धिमा प्रमुख प्रशासकीय अधिकृतबाट रचनात्मक ,सकारात्मक एवम् महत्वपुर्ण सहयोग तथा समन्वयको अपेक्षा राखेको बताए । कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत टिकाराम आचार्यले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?