एजेन्सी । युरोप टुरमा रहनु भएको नेपालको चर्चित गायक तिर्सना गुरुङ र कालीप्रसाद बास्कोटालाई तमु समाज पोर्चुगलले भब्य सम्मान गरेको छ।
पोर्चुगलको राजधानी लिस्बोन स्थित मार्टेमुनिजमा अबस्थित नेपालिहरुको चर्चित रेस्टुरेन्ट चिची पापामा उनीहरुलाई भब्य रुपमा स्वागत सगै तमु समाज पोर्चुगलका अध्यक्ष बिकार गुरुङ र कोषाध्यक्ष जय शम्भु अर्थात् राज गुरुङले मायाको चिनो प्रदान गरीएको छ ।

जनजाति महासंघ पोर्चुगलको अध्यक्ष हेम, तमु समाज पोतुगलको अध्यक्ष बिकास गुरुङले कलाकारको खुलेर तारिफ गरेका थिए । कार्यक्रममा बरिस्ठ उपाध्यक्ष मिलन गुरुङ, सचिब गनि गुरुङ, कोषाध्यक्ष देबि गुरुङ, सहकोषाध्यक्ष समीर गुरुङ, सदस्य तारा गुरुङ लगनयतको उपस्थिति रहेको थियो ।













