महिला साफ : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

५ पटकको साफ च्याम्पियन भारत १–० ले पराजित

राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।

रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।

भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

बंगलादेशको जितमा सबिना खातुनले ३ गोल गरिन्। जोहान सप्ना, श्रीमती सरकार, रितुपर्णा चक्मा, मसुरा प्रविण र थौरा खातुनले १/१ गोल गरे।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?