बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति मुर्मु लण्डनमा

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु लण्डन पुगेकी छन् । उनले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछिन् । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुने तयारी छ ।

एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशान सहभागी हुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष प्रतिनिधिका रुपमा उनले सहभागिता जनाउने भएका छन् ।

बेलायत सरकारले महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । उनको अन्त्येष्टि भोलि लण्डनमा शोक समारोहकासाथ गर्ने तयारी छ । महारानी एलिजाबेथको गएको सेप्टेम्बर ९ तारिखमा (भदौ २४ गते) निधन भएको थियो ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बेलायतसहित धेरै देशले राष्ट्रिय शोक मनाउने घोषणा गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?